दीपक मनाङेको ‘पोइ पर्‍यो बूढो’ निर्माण हुँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज २६, फिल्म ‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुँदैछ । दुई महिनाअघि नै फिल्मको सिक्वेल ‘पोइ पर्‍यो बूढो’ निर्माण हुन लागेको र दीपेन्द्र लामाले निर्देशन गर्न लागेको  जानकारी प्राप्त भएको थियो ।

अब भने फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको प्रवेश भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए ।

‘दुई नम्बरी’को क्रेडिट लाइनबाटै ‘पोइ पर्‍यो बुढो’को औपचारिक घोषणा समेत भएको छ । तर चलचित्र विकास बोर्र्डमा भने निर्माताले यो शीर्षक एक वर्षदेखि ‘होल्ड’ गरिरहेका थिए ।

निर्माता नेपालीका अनुसार चुनाव लगत्तै फिल्म छायांकनमा जाने तयारी भइरहेको छ । तर कलाकार अहिलेसम्म तय भइसकेका छैनन् ।

 

प्रकाशित : 12 October, 2022

प्रतिक्रिया दिनुहोस्