आगामी हुने निर्वाचनमा सहभागी ६२ उम्मेदवार ६५ वर्षमाथिका 

सहयात्रा टिभी

काठमाडौं । असोज २७,  आगामी हुने प्रतिनिधिसभाको निर्वाचनमा ६५ वर्षमाथिका ६२ उम्मेदवारहरु सहभागी हुने तथ्य प्राप्त भएको छ । मूलधारका पार्टीमा सबैभन्दा बढी उमेर रहेर उम्मेदवार बन्नेमा महिन्द्रा राय यादव छन् ।

यादव ८५ वर्षको उमेरमा सर्लाही २ बाट उम्मेदवार बनेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनी माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् ।

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष पुगेको छ । उनले महोत्तरी ३ बाट उम्मेदवारी दिएका छन् । ठाकुर भन्दा उमेरमा दुई वर्ष कम रहेका कांग्रेस नेता रामचन्द्र पौडेल छन् । तनहुँ २ बाट उम्मेदवारी दिएका पौडेलको उमेर ७८ वर्ष पुगेको छ ।

७७ वर्ष पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा सातौंपटक प्रतिस्पर्धा गर्न लागेका छन् । एमालेका कपिलवस्तु ३ मा उम्मेदवार बनाएका मंगलप्रसाद गुप्ताको उमेर प्रधानमन्त्री देउवाकै उमेर बराबर (७७ वर्ष) छ ।

 

प्रकाशित : 13 October, 2022

प्रतिक्रिया दिनुहोस्