सरकारले डा. केसीसँग भएको सहमति कार्यान्वयन गर्ने

सहयात्रा टिभी

काठमाडौं । असोज २८, सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएको असोज ८ गते भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

यस्तै सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको हो ।

 

 

 

प्रकाशित : 14 October, 2022

प्रतिक्रिया दिनुहोस्