नवौँ राष्ट्रिय खेलकुद उद्घाटन सँगै फेन्सिङ प्रतियोगिता सम्पन्न

काठमाडौं । असोज २८, नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालमा हुँदैछ । तर असोज ३ गतेदेखि नै पोखराको ब्याडमिन्टन कभर्डहलमा सुरु भएको फेन्सिङ प्रतियोगिता भने शुक्रबार बिहान सम्पन्न भएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी सर्वाधिक ५ स्वर्ण, ५ रजत र ७ कांस्यसहित कुल १७ पदक जितेर च्याम्पियन बन्यो ।
च्याम्पियन बन्ने लक्ष्य राखेको अर्को विभागीय टिम एपीएफ भने तेस्रो भयो । एपीएफ यस पटक २ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १३ पदक जित्यो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएको एपीएफलाई यस पटक बागमती प्रदेशले पछी पार्दै दोस्रो भयो ।
शुक्रबार भएको अन्तिम इभेन्ट पुरुष टिम इपीको फाइनलमा एपीएफ विभागीय प्रतिस्पर्धी आर्मीसँग पराजित हुँदै रजतमै चित्त बुझाउन बाध्य भयो ।
आठौं खेलकुदमा भन्दा नवौँमा एपीएफको स्वर्ण संख्या घट्यो । स्वर्ण पदक अपेक्षा गरेका खेलाडी बिरामी भएपछि नतिजा आफ्नो पक्षमा नआएको एपीएफको भनाइ छ ।