शताब्दी पुरुष जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई किष्ट मेडिकल कलेजमा राखिने भएको जनाएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।

 

 

 

 

प्रकाशित : 16 October, 2022

प्रतिक्रिया दिनुहोस्