दाङको तीन वर्षीय बालकको खोलामा बगेर ज्यान गयो

काठमाडौं । असोज ३०, दाङको तुलसीपुरमा खोलामा बगेर तीन वर्षीय बालकको ज्यान गएको जनाएको छ ।

गहते खोला र पातुखोलाको दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खोलामा बगेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार बालकको शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएको थियो ।