प्रधानमन्त्रीले ओढाए सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, आइतबार निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री  देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् ।

आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् ।

 

प्रकाशित : 16 October, 2022

प्रतिक्रिया दिनुहोस्