कोरोना महामारीपछि ६ महिनामा बक्स अफिसमा हिट चार फिल्म

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, कोरोना महामारीपछि रिलिज भएका चार नेपाली फिल्म मात्र व्यावसायिक सफल भएका छन् ।

बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे । वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके ।

जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा मात्रै साढे २३ करोड रुपैयाँ ग्रस कमाएको छ ।  निर्माता यतिबेला कबड्डीको पाँचौं सिक्वेल निर्माणको तयारीमा छन् ।

केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिंगेदाउ’को नेपाल लाइफटाइम कलेक्सन सात करोड रुपैयाँ हाराहारी रह्यो । विशुद्ध ग्रामीण कथावस्तुमा बनेको यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने भीमनिधि तिवारीको कथामा फिल्म आधारित छ ।

‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट फिल्म हो । फिल्मले दुई सातासम्म नेपालमा नेपाली र हिन्दी संस्करणबाट १३ करोड ग्रस कमाइ गरेको छ ।

अर्को बक्स अफिस हिट फिल्म हो दुई नम्बरी । जुन यतिबेला पनि हलमा आक्रामक ढंगमा प्रदर्शनरत् छ । फिल्मले पहिलो साता साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको  छ ।

बक्स अफिस कमाइका हिसाबले यस वर्ष अन्य पनि प्रतीक्षित फिल्महरु रिलिजको तयारीमा रहेकाले अझै यो संख्या बढ्ने अपेक्षा छ ।

 

 

प्रकाशित : 16 October, 2022

प्रतिक्रिया दिनुहोस्