एउटै खाडलमा पुरिएको अवस्थामा दुई शव फेला

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए ।

उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 16 October, 2022

प्रतिक्रिया दिनुहोस्