सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना, बाँकी भागको मौसम सफा रहने

काठमाडौँ । असोज ३१, मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणालीको प्रभाव नभएको जानकारी दिएको छ ।
सोमबार बिहान जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । छ । बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।