गुह्येश्वरीमा झुण्डिएको अवस्थामा नेपाली सेनाका हुद्दा मृत भेटिए

सहयात्रा टिभी

काठमाडौँ । असोज ३१, नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी प्राप्त भएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

 

प्रकाशित : 17 October, 2022

प्रतिक्रिया दिनुहोस्