रुसले युक्रेनमा पुन: तीनवटा हवाई आक्रमण
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । असोज ३१, युक्रेनको राजधानी किभमा रुसले पुनस् आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजेन्सी
मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गर्नुभएको छ । किभमा अघिल्लो हप्ता भएको आक्रमणमा परि १९ जनाको ज्यान गएको थियो ।
सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्रेनले इरानबाट रुसमा ड्रोन निर्यात गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।
युक्रेनले आफूहरुलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ।