कमेडियन अपूर्व क्षितिजलाई प्रहरीले पुन: हिरासतमा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । भोलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

 

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्