चुनावी बहसका लागि ‘लाइभ डिबेड’मा आउन ओलीले देउवालाई चुनौति
सहयात्रा टिभी
काठमाडौँ । कात्तिक १, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् ।
सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेड’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।
पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेड’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?