एक युवामाथि खुकुरी प्रहार गरेको आरोपमा गुन्डा नाइके ‘राधे’ पक्राउ

सहयात्रा टिभी

धादिङ । कात्तिक २, धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् ।

धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहीले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिए ।

दायाँ हातमा चोट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्