नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा फेरि विप्लव चयन

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २, नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।

विप्लव यसअघि पनि महासचिव थिए।

कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुन: विप्लव चयन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ।

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्