नवौं राष्ट्रिय खेलकुदको टेनिस मेन्स डबल्समा गण्डकीले स्वर्ण हात पार्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, टेनिस मेन्स डबल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदिप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली नेपाल आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।

सुपरटाईमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्