राजनीतिक दल र उम्मेदवारलाई आयोगद्वारा ७ बुँदे निर्देशन
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २, निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका सन्दर्भमा ७ बुँदे निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।
लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्नेलगायतका कार्य भएको पाइएको भन्दै आयोगले ७ बुँदे निर्देशन दिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।