भोटेकोसी आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, काठमाडौंमा ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यो भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखामा पनि महसुस गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोसी आसपासको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।

 

 

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्