आज पनि दोहोरो अंकले घट्यो शेयर बजार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, शेयर बजार आज बुधवार पनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्