अमेरिकी कोचलाई मन्त्रमुग्ध बनाउदै  नेपाली मूलकी परिजिता नकआउटमा  प्रवेश

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २, ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई समेत हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।

कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाउन सुझाएका थिए । उक्त गीत गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।

जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए ।

परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । १७ वर्षीया यी किशोरीलाई नेपाली समुदायबाट पनि समर्थन मिलिरहेको छ ।

 

प्रकाशित : 19 October, 2022

प्रतिक्रिया दिनुहोस्