जावलाखेलमा आजदेखि १५ औँ गोदावरी फूल प्रदर्शनी हुँदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ३, ललितपुरको जावलाखेलमा आज गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी हुँदैछ।

तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपालले आजदेखि आगामी आइतबारसम्म जावलाखेलको खेल मैदानमा मेला आयोजना गर्न लागेको हो ।

एशोसिएशनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जनाएको छ ।

प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामूलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहनेछन् ।

प्रकाशित : 20 October, 2022

प्रतिक्रिया दिनुहोस्