कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण, कुन कुन राशिले हेर्न हुन्छ ?

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण अराह्न ४ : ५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ : २६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी दिए ।

अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

धर्मशास्त्रलाई मान्ने हो भने मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने बताएको पाइन्छ ।

प्रकाशित : 20 October, 2022

प्रतिक्रिया दिनुहोस्