नवौं राष्ट्रिय खेलकुदमा एकै दिन पार्की दाजुभाइले जिते स्वर्ण

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ३, गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते ।

विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते ।

३३ वर्षीय गोपीको नवौंमा पहिलो स्वर्ण थियो । उनका लागि त्यसै पनि विशेष भयो । ३० वर्षीय शिवराजले भने नवौं राष्ट्रियमा सनसनी मच्चाउँदै भाग लिएका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेका छन् ।

५०० हजार मिटरमा गोपीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा स्वर्ण जिते । उनले कीर्तिमान बनाउन नसके पनि आफ्नो बेस्ट टाइमिङ निकाले । यसअघि आठौंमा १४ राखेको १४ मिनेट ४३ सेकेण्डको व्यक्तिगत टाइमिङ उनले सुधार गरेका छन् ।

 

 

 

प्रकाशित : 20 October, 2022

प्रतिक्रिया दिनुहोस्