केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुस–युक्रेन युद्धका कारण युक्रेनी भूभागमा सैनिक शासन लागू

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ३, एजेन्सी –  रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल (सैनिक शासन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु ।’

टेलिभिजनमार्फत प्रसारण भएको पुटिनको सम्बोधनपछि सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।रूसी कानुनअनुसार सैनिक शासन लागू भएपछि सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिक नजरबन्द लगायतका अनुमति मिल्छ ।

रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहरबाट रुसी नागरिक बाहिरीन थालेका छन् । युक्रेनको दक्षिणी खेअर्सन क्षेत्रबाट हजारौँ नागरिक र रुसले नियुक्त गरेका अधिकारीलाई त्यहाँबाट अन्तै सारिएको छ । रुसी टेलिभिजनले मानिसहरूले सहर छोड्दै गरेको भिडियो र तस्बिर देखाएका छन् ।

रुसले नियुक्त गरेका अधिकारी भ्लादिमिर साल्डोका अनुसार त्यस क्षेत्रमा रुसले नियुक्त गरेका विभाग र मन्त्रालयलाई नीपर नदीपारि लगिनेछ । त्यहाँबाट लगभग ५० देखि ६० हजार नागरिकहरूलाई क्रमिक रुपमा  विस्थापन गरिने साल्डोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । युक्रेनले खेअर्सनका बासिन्दालाई रुसको कदमको बेवास्ता गर्न आह्वान गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गाभेको भनेर दाबी गरेका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेको घोषणा गर्नुभएको छ ।रुसले सन् २०१४ मै गाभेको युक्रेनको क्राइमियालगायत केही भागमा नयाँ प्रतिबन्ध लागू भैसकेका छन् ।

 

 

 

प्रकाशित : 20 October, 2022

प्रतिक्रिया दिनुहोस्