ओलीले आज सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने, १ लाख ७१ हजार बढीले टिपाए नाम

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज १ लाख ७१ हजार ७८३ जनासँग टेलिफोन संवाद गर्ने भएका छन् । आफ्नो फेसबुक पेजमार्फत सर्वसाधारणसँग संवादका लागि मोबाइल नम्बर आह्वान गरेका ओलीले आज आफैंले फोन गरेर संवाद गर्ने भएका हुन् ।

बुधबार फेसबुक पेजमार्फत संवादका लागि मोबाइल नम्बर मागेका ओलीले बिहीबार लेखेका छन् – ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद ।

‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।’ उनले थप लेखेका छन् ।

टेलिफोन सम्वादलाई ‘कल केपी बा’ शीर्षक दिइएको छ ।

प्रकाशित : 21 October, 2022

प्रतिक्रिया दिनुहोस्