ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीको कालोपट्टीसहित प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ४, जथाभावी ब्याजदर बढाएर ज्यादति गरेको भन्दै स्थानीय स्तरबाटै बैंकहरुविरुद्ध मोर्चाबन्दीसहितको आन्दोलन चर्किन थालेको छ । उद्योग र वाणिज्यसम्बद्ध संघसंस्थाले ठूला व्यवसायी र छाता संगठनहरुलाई पनि आन्दोलनमा तान्न प्रयास गरिरहेका छन् ।

शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा प्रदर्शनमा उत्रिए । रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए । यस्तो प्रदर्शन केही दिनदेखि जिल्ला/जिल्लामा भइरहेका छन् ।

गत १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा र्‍याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए ।

सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार ९३ कात्तिक०मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा

 

 

प्रकाशित : 21 October, 2022

प्रतिक्रिया दिनुहोस्