राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ७, राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् ।

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन् ।

राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

प्रकाशित : 24 October, 2022

प्रतिक्रिया दिनुहोस्