काँग्रेसले हरेक आर्थिक वर्षमा ‘पार्टी अडिट’ गर्ने घोषणापत्रमा उल्लेख 

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १३, नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । सो घोषणापत्रमा उल्लेख गरिएका विषय कार्यान्वयनको अवस्थाका सन्दर्भमा काँग्रेसले हरेक आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्रमा ‘पार्टी अडिट’ गर्ने भनिएको छ ।

प्रा डा. पोखरेलले पार्टीहरुले चुनावी घोषणापत्रमा जे पनि लेखिदिने र पछि कार्यान्वयनको स्वामित्व नलिने प्रवृत्ति अन्त्य गर्न पार्टी अडिटको परिकल्पना गरिएको बताए ।

काँग्रेसले यसरी गर्ने पार्टी अडिट प्रतिवद्धता कार्यान्वयन हुँदैन कि भनेर शंका गर्न आवश्यक नरहेको प्राडा पोखरेलले बताए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थशास्त्री प्रा डा. पोखरेलले भने ।

प्रकाशित : 30 October, 2022

प्रतिक्रिया दिनुहोस्