चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १३, भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

 

 

 

प्रकाशित : 30 October, 2022

प्रतिक्रिया दिनुहोस्