आर्मीविरुद्ध एपीएफको उत्कृष्ट जित

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १३, छैटौं प्रधानमन्त्री कपमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५७ रनले हराएको हो ।

 

जितका लागि २२० रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ३२।१ ओभरमा १६३ रनमा अलआउट भएको थियो । १४३ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीले थप २० रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो । आर्मीका लागि ओपनर हरि चौहान र रोहित पौडेल बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन्

मध्यक्रमका अर्का ब्याटर सन्दीप जोराले ६२ बलमा ६ चौका सहित ५० रन बनाए । एपीएफका लागि अर्का ओपनर ब्याटर १२ बलमा २ चौका सहित ९ रनमा बिक्रम सोबको बलमा एलबीडब्लू आउट भए ।

तेस्रो क्रमका ब्याटर लोकेश बम शून्यमै क्याच आउट भए । त्यसपछि आएका स्पिनर ब्याटर भुवन कार्की ३६ बलमा ४ चौका सहित २६ रनमा क्याच भए ।

कप्तान सरद भेषवाकर १६ रनमा स्पिनर साहब आलमको बलमा बोल्ड भए । कमल सिंह ऐरी ३ रनमा बोल्ड भए भने किशोर महतो १ रनमै एलबीडब्लू भए । अन्तिम ब्याटर मौसम ढकाल १२ रनमा बिक्रम सोबको बलमा हिट ओभर भए । अमर रतौला भने १० रनमा अविजित रहे ।

आर्मीका लागि विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । साहब आलम र कुशल मल्लले समान २ विकेट लिए । सुसन भारी र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

प्रकाशित : 30 October, 2022

प्रतिक्रिया दिनुहोस्