निर्वाचन आयोगको निर्णय शंकास्पद भएको : डा. तोसिमा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद भएको बताएकी छन् ।

कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् । तर उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालतमा पुगेकी छन् । रिट दर्ताअघि उनले भनिन्, ‘निर्वाचन अयोगको निर्णय शंकास्पद छ । कतै बाहिर शक्तिको प्रभाव परेको त होइन ? उनको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्ने छन् ।

प्रकाशित : 31 October, 2022

प्रतिक्रिया दिनुहोस्