५ लाख रुपैयाँसहित कौडा खेलिरहेका २३ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, पोखरा महानगरपालिका-३० शिसुवामा कौडा खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् ।

स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेको हो । उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको तिवारीले बताउनुभयो ।

प्रकाशित : 1 November, 2022

प्रतिक्रिया दिनुहोस्