एन्फाले पाकिस्तानसँग एक खेल मात्र खेल्न सकिने जवाफ

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १५, पछिल्लो समय नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुने विषय चर्चामा छ । झण्डै तीन साताअघि पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष प्रस्ताव पठाएको थियो ।

त्यतिबेला नै पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भनेर त्यहाँको फुटबल संघले नै सार्वजनिक गरेको थियो । तर, एन्फाले भने त्यसबेला पाकिस्तानबाट प्रस्ताव मात्र आएको र आफूले निर्णय गर्न बाँकी रहेको जनाएको थियो । अब पाकिस्तानको जवाफ एक दुई दिनमा आउने र त्यसपछि खेलबारे टुंगो लाग्ने जानकारी प्राप्त भयो ।

यो दुई साताको बीचमा नेपालको ठूला चाडमध्ये एक तिहार थियो । एन्फाले पनि मैत्रीपूर्ण खेलको विषयमा कुनै निर्णय गर्न सकेन । सोमबार एन्फाका उपत्यकामा रहेका पदाधिकारीहरुसहितको अनौपचारिक बैठकले भने पाकिस्तानसँग दुई खेलको सट्टा एक खेल मात्र खेल्न सकिने भनेर जवाफ पठाउने निर्णय भएको छ ।

 

प्रकाशित : 1 November, 2022

प्रतिक्रिया दिनुहोस्