सन्दीप लामिछानेको मुद्दामा आजदेखि थुनछेक बहस

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।

मङ्गलवार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीलगायतले बहस गर्दैछन् ।

सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्