मंसिर ४ मा हुने निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित

काठमाडौँ । कात्तिक १६, मंसिर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएका हुन्। यी मध्ये केही जनशक्ति परिचालन भइसकेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।
आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा २ महिनाको लागि कर्मचारी काजमा लिन सक्नेछ ।