चालु आवको पहिलो त्रैमासमा बैंकहरूले १८ अर्ब ब्याज उठाउनै सकेनन्

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, बैंकहरूको ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यसपटक ४० प्रतिशतले बढेको छ। तर, वाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासमा १७ अर्ब ५८ करोड ब्याज उठाउनै सकेनन्।

अघिल्लो वर्ष ३५ अर्ब ५५ करोड रूपैयाँ ब्याज आम्दानी गरेका बैंकहरूले यसपटक ४९ अर्ब ४९ करोड रूपैयाँ आम्दानी गरेका छन्। बैंकहरूले यसरी उठाएको ब्याज रकमको ३५.५३ प्रतिशत बराबर रकम उठ्न बाँकी देखिएको हो। सबै ब्याज उठाउन सकेको अवस्थामा बैंकहरूको ब्याज आम्दानी ६७ अर्ब सात करोड पुग्ने देखिन्छ।

बैंक तथा वित्तीय संस्थाले नउठेको ब्याजको ६३ प्रतिशत रकम नियामकीय प्रावधानको रूपमा राख्नु पर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूले ११ अर्ब आठ करोड रुपैयाँ यस्तो प्रावधानमा राखेका हुन्।

तर, यो कोभिड अगाडिकै अवस्थाको ब्याजदर भएकोले व्यवसायीहरूले यसलाई ठूलो बनाउन नहुने शर्मा बताउँछन्।बैंकहरूको खराब कर्जामा पनि वृद्धि भइरहेको छ। असोज २०७८ मा बैंकहरूको निष्क्रिय कर्जा औसत १.१३ प्रतिशत रहेकोमा हाल २.९४ प्रतिशत पुगेको छ।

नेपाल बैंकले सबैभन्दा धेरै ब्याजदर उठाउन बाँकी रहेको देखिन्छ। बैंकले नियामकीय प्रावधानमा एक अर्ब दुई करोड राखेको छ, अर्थात् बैंकले एक अर्ब ६१ करोड ब्याज उठाउन सकेको छैन।

प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, हिमालयन, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य बैंक लगायतको उच्च दरमा यस्तो ब्याज उठ्न बाँकी छ। एभरेष्ट बैंक, नबिल बैंकको भने उठ्न बाँकी ब्याज निकै कम छ।

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्