वैशाख १ गते दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ रिलिज हुने

काठमाडौँ । कात्तिक १६, दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए ।
सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन् ।
फिल्ममा दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ । पाँचथरका रमणीय स्थानमा फिल्म छायांकन भएको हो ।
झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’ले पनि वैशाख १ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेको छ ।