सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोली कृषि औजार कारखानामा
सहयात्रा टिभी
काठमाडौं । कातिक १७, वीरगञ्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो ।
मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ । केन्द्रका प्राविधिक टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।