विशाल भण्डारीको निर्देशनमा कमेडी च्याम्पियन र डिजिटल कम्पनी ओएसआरले मिलेर फिल्म निर्माण गर्ने

सहयात्रा टिभी

काठमाडौं । कातिक १७, टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन समूह र डिजिटल कम्पनी ओएसआरले मिलेर फिल्म निर्माण गर्ने भएका छन् । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल रहनेछन् ।

यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ । थ्रि-प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।

फिल्मको नामका विषयमा पनि छलफल भइरहेको छ । छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । फिल्मको सम्पूर्ण टिम र कलाकारबारे केही दिनमा आधिकारिक घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए ।

फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए ।

 

प्रकाशित : 3 November, 2022

प्रतिक्रिया दिनुहोस्