चिनियाँ राष्ट्रपति सीले फिलिपिन्समा आँधीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । कात्तिक १८, चीनका राष्ट्रपति सी जिनपिङले फिलिपिन्समा आएको आँधीका कारण भएको मानवीय एवम् भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउँदै उहाँले दुःख व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति सीले उष्ण कटिबन्धीय आँधीबाट भएको क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार तथा नागरिकको तर्फबाट दुःख व्यक्त गरेको बताउनुभएको छ । साथै उहाँले विपद्लाई पार लगाउन र पुनर्निर्माणका काममा पनि चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।