मोटरसाइकलको ठक्करबाट अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १८, काठमाण्डौको अनामनगरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

हिजो बेलुका ६ बजेतिर प्रदेश-३ ०२ ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उहाँको उपचारका क्रममा काठमाण्डौ मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको हो ।

प्रहरीका अनुसार उहाँ परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हुनुहुन्थ्यो । दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्