माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा बन्द गरेको राजमार्ग ३ घण्टापछि खुल्यो

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए ।

आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् ।

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

 

प्रकाशित : 6 November, 2022

प्रतिक्रिया दिनुहोस्