केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तान र बङ्लादेश बिच टी–२० विश्व कप खेल जारी, भारत सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ ।

यो खेल जित्ने टोली समूह-२ बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ । तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ ।

जित्ने टोलीको ६ अङ्क हुनेछ । सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै छ ।

आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ । सुपर १२ को समूह(१ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ ।

 

प्रकाशित : 6 November, 2022

प्रतिक्रिया दिनुहोस्