नेप्से परिसूचक उकालो लागो कारोबार रकम डेढ अर्ब भन्दा माथि

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत)ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायीक लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गर्दा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसले गर्दा लघुवित्त उपसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।

जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।

 

 

प्रकाशित : 6 November, 2022

प्रतिक्रिया दिनुहोस्