रुपन्देहीको देवदहमा श्रीमान् श्रीमती मृत फेला

सहयात्रा टिभी

बुटवल । कात्तिक २१, रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।

देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन्।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

वैदेशिक रोजगारीबाट विदामा घर आएका श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : 7 November, 2022

प्रतिक्रिया दिनुहोस्