बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २१, मकवानपुरको मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

प्रकाशित : 7 November, 2022

प्रतिक्रिया दिनुहोस्