केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अक्टोबर महिनाका आईसीसी प्लेअर अफ द मन्थ बने कोहली

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २१, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ुप्लेयर अफ द मन्थु घोषित गरेको छ ।

यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई  प्लेअर अफ द मन्थ को अवार्ड दिइएको छ ।

मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी icc-cricket.com मा प्रशंसकहरूले गर्ने भोटका आधारमा कोहली र डार दुवै विजेता घोषित भएका हुन् ।

कोहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा रोड्रिगेजलाई पछि पारेकी हुन् ।

कोहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घोषित भएका हुन् । यस्तै निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन् ।

 

प्रकाशित : 7 November, 2022

प्रतिक्रिया दिनुहोस्