केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्युयोर्क राज्य विधानसभा सदस्यमा निर्वाचित नेपाली मूलका दुई उम्मेदवार विजयी

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २३, अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् ।

श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् । उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् ।

नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई गराएकी हुन् ।उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म बिजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन्।

श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् । यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा ह्यारी भण्डारी विजयी भएका छन् । यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा।ह्यारी भण्डारी विजयी भएका छन् । उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् ।

 

 

प्रकाशित : 9 November, 2022

प्रतिक्रिया दिनुहोस्