प्रदेश १ का वन मन्त्री थापाको निधन

विराटनगर । कात्तिक २३, प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो ।